द ब्रिटिस कलेज (टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो । सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले सहकार्यलाई औपचारिक रुप दिएका हुन् ।…