उद्योगी व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रमाण दिएमा आफुहरु बिल तिर्न तयार रहेको दोर्याएका छन् । आइतबार पत्रकार सम्मेलन गरी डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले प्रमाण अनुसार बिल तिरेर उद्योग संचालन गर्न चाहेको बताएका छन् । पत्रकार सम्मेलन उद्योगी पशुपति मुरारकाले भने, 'हामीलाई पत्र आएको दिनदेखि हामीले भन्दै आएका छौं,…