भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गरे। उक्त बसका लागि ‘डेडिकेटेड’ लेनको व्यवस्था गरिएको छ। बिहीबारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपराह्न ४…