पाकिस्तानले वर्षौँदेखि घाटामा रहेको राष्ट्रिय ध्वाजावाहक एयरलाइन्स कम्पनी–पाकिस्तान इन्टरनेशनल एयरलाइन्स निजी क्षेत्रलाई हस्तान्तरण गर्ने भएको छ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले पछिल्लो समयमा घाटामा गएका सरकारी स्वामित्वका कम्पनीहरुको निजीकरण सुरु गरेको छ । अगस्ट ७ तारिखमा बसेको क्याबिनेट बैठकले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई समेत निजीकरण गर्ने कम्पनीहरुको सूचीमा राखेको हो । सन् २०२० मा पाकिस्तानको ध्वाजावाहक…