रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीले बताएका छन् । बुधवार काठमाण्डौ कालिकास्थान विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधि मण्डलसंग कुराकानी गर्दै विभागका महानिर्देशक…