नापी अधिकृतविरुद्ध एक करोड चार लाख बिगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले एक करोड चार लाख तीन हजार नौ रुपैयाँ बिगो दाबी गर्दै आज विशेष अदालत काठमाडौंमा पुरीविरुद्ध मुद्दा दायर गरेको हो । पुरीले २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा अबैध तरिकाले एक करोड २० लाख…