एघार महीनामा भित्रियो ११ खर्ब भन्दा बढी रेमिट्यान्स, जेठमा मात्रै १०७ अर्ब

चालु आर्थिक वर्षको एघार महिना अर्थात साउनदेखि जेठ महिनासम्मको अवधिको कूल ११ खर्ब १२ अर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । जेठ महिनामा मात्रै एक खर्ब ७ अर्ब ३४ करोड रेमिटेयान्स आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ…