मुलुकका २७ भन्सार नाकाबाट आयात हुँदा ८ वटाबाट निर्यात शून्य

चालु आर्थिक वर्षको ११ महिनामा २७ वटा भन्सार नाकाबाट आयात हुँदा ८ वटा नाकाको निर्यात शून्य भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २७ वटा नाकाबाट आयात हुँदा १९ वटा नाकाबाट मात्र निर्यात भएको देखिएको हो । विभागका अनुसार भद्रपुर, जनकपुर, महेशपुर, राजविराज, सिराहा, सुनसरी, थाडी, त्रिवेणी भन्सार नाकाहरुबाट निर्यात शून्य भएको हो…