नेपाल भरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको ‘नेपाल सुनचाँदी ब्यवसायी महासंघ’ले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तब्यमा सरकारले गरेका घोषणा प्रति असन्तुष्टि जनाएको छ । महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको आकस्मिक पदाधिकारी बैठकले बजेटले सुनचाँदी सम्वन्धी गरेको नयाँ ब्यवस्था प्रति असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको निश्कर्ष निकालेको हो । अर्थमन्त्री डा.…