अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सबैको साथ आवश्यक भएको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्बद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता समेत उनले जनाए । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०७९ चैत १९ गते आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासँगको प्रतिनिधीमण्डलसँगको भेटमा उनले आर्थिक विकासकालागि…