श्रीलङ्काकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले उपलब्ध गराएको ऋण सुविधाको श्रीलङ्काको उपयोगबारे अनुगमन गर्न एक समिति गठन गरेको छ । श्रीलङ्काकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेको निर्देशनमा समिति गठन गरिएको हो । सन्डे अब्जर्भरका अनुसार समितिमा राष्ट्रपतिका चिफ अफ स्टाफ सगला रत्नायका, ट्रेजरी सेक्रेटरी महिन्दा सिरिवर्दना, केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घे र विज्ञहरुको समूह रहेका छन् ।…