नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई शाखा विस्तारमा कडाइ गर्दै प्रति शाखा चुक्ता पुँजीको मापदण्ड तोकेको छ। बोर्डले ब्रोकर शाखा खोल्ने सम्बन्धमा निर्देशिका नै बनाई प्रतिशाखा डेढ करोड रुपैयाँ चुक्ता पुँजीको व्यवस्था गरेको हो । धितोपत्र बोर्डले बिहीबार देखि ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशीका २०७९,’ लागु गर्दै शाखा विस्तारको मापदण्ड तोकेको हो…