शोधनान्तर स्थिति एक महिनामा थप ८ अर्बले सकारात्मक

चालु आर्थिक वर्षको कात्तिक महिनामा देशको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले सकारात्मक रहेको छ । यो गत असोज महिनाको तुलनामा ८ अर्बले बढेको हो । असोजमा देशको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड सकारात्मक रहेको थियो ।  विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थालेपछि सकारले गत बैशाख देखि केही वस्तुहरूको आयातमा प्रतिबन्ध गरेको थियो ।…