भष्ट्राचारको ग्राफ उक्लियो, वर्षदिनमै पौने ३ अर्बको मुद्दा

नेपालमा पछिल्लो एक वर्षमा नै भष्टाचारको ग्राफ ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको बत्तिसौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८।७९) मा अघिल्लो वर्षको तुलनामा ४८ प्रतिशतले भष्टाचार बढेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा ६३९ जनालाई प्रतिवादी बनाई २ अर्ब ७९ करोड २७…