काठमाण्डौंमा हिन्दी चलचित्र प्रदर्शन रोक्ने बालेनको चेतावनी

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षीण भारतीय चलचित्र आदिपुरुष मा जानकी भारतीय छोरी हुन् भन्ने शब्द सच्याउन चलचित्र निर्माण पक्षलाई चेतावनी दिएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको नेपालमा मात्र नभई भारतमा समेत उक्त वाक्यांश नसच्चिएसम्म काठमाण्डौंमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने उनले चेतावनी दिएका हुन् । उनले यसका लागि ३ दिनको समय दिइएको…