सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले ३ बिघामा आलु खेती गरेका थिए । उनले सबै खर्चसहित ६ लाख रुपैयाँ खर्च गरेका थिए । साे लगानीबाट एकै सिजनमा उनले करिब १४ लाखको आलु उत्पादन गरेका छन् । ३ महिना मिहिनेत गरेर आलु खेतीबाट ८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको महतोको भनाइ छ…