महोत्तरी । सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले बल्ल राहत महसुस गरेका छन् । गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस्यान बनाएपछि खेतीपातीका काम अघि बढ्ने आशले किसानलाई राहत मिलेको हो । पछिल्लो वर्षाले यसअघि पानी बेगर पहेँलिँदै गएका बालीनालीलाई अमृतकै काम गरेको किसान बताउँछन् । “जग्गा रुखिएर खनजोत गर्न…