सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश तय, समस्याग्रस्त २९ सहकारीको छानबिन हुने

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश तय भएको छ । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार ४ बुँदे कार्यादेश तय गरेको हो । कार्यक्षेत्रको पहिलो बुँदामा 'सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने' उल्लेख छ ।…