सर्वोच्च अदालतले विमानस्थल निर्माणमा रोक लगाएपछि मुआब्जा वितरण प्रभावित

बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुनेभएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमीन छुट्याइएको छ । सोमध्ये करीब ११० बिघा निजी जमीनको मुआब्जा दिनुपर्ने छ । तर सर्वोच्च अदालतले निर्माण कार्यमा…