पर्साको बीरगञ्जबाट एक जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । बीरगञ्ज उपमहानगरपालिकाको छपकैयास्थित यादव अल्ट्रासाउण्ड सेन्टरबाट वास्तकि डाक्टरको नाममा आफुले बिरामीको चेकजाँच गर्दै आएका राजाराम शाह तेलीका छोरा नारद शाह तेलीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तेलीले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीको चेक जाँच गर्ने तथाऔषधि उपचार गर्ने गरेका…