नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले भारतको पछिल्लो गतिविधि नेपालीहरुलाई स्वीकार्य नभएको बताएका छन्। नायक राजेश हमालले बुधबार साँझ अंग्रेजी भाषाको भिडियो आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै नेपाली जनताले आफ्नो देशको सीमा सम्बन्धमा कसैसँगपनि सम्झौता नगर्ने बताएका हुन्। बुधबार भारतीय परराष्ट्र मन्त्रालयले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नयाँ नक्सा अस्वीकार्य रहेको सावजनिक गरेपछि उनले आफ्नो…