काँग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भई राति अबेरसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी…