नेपाली युवा दिवेश १८ औं अमेरिकन आइडलको उपविजेता

नेपाली युवा दिवेश पोख्रेल १८औं अमेरिकन आइडलको उपविजेता बनेका छन्। सोमबार बिहान भएको फाईनल प्रतिष्पर्धामा लाइबेरियन मुलकी जस्ट सामले दिवेशलाई पछि पार्दै अमेरिकन आइडलको विजेता बनिन्।  फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्। भर्खरै सम्पन्न ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारणको समयमै दर्शकले तीन भिन्न भिन्न प्लेटफर्ममार्फत् दिएको भोटिङको आधारमा उनी सामभन्दापछि परे। अर्थुर गन…