विश्वको सबैभन्दा बढी गहुँ निर्यात गर्ने मुलुक रूसले अन्नजन्य सामानको निर्यातलाई आगामी जुलाई १ गतेसम्म बन्द गर्ने निर्णय आइतबार सार्वजनिक गरेको छ । रूसबाट निर्यात हुने गहुँ, मकै र जौजस्ता खाद्यान्न वालीको उत्पादनलाई देशबाहिर नपठाउने निर्णय भएको रूसी कृषि मन्त्रालयले जानकारी दिएको छ । अप्रिलको शुरूमा रूसी सरकारले जुनको अन्त्यसम्मका लागि यहाँबाट निर्यात हुने खाद्यान्न…