लेबनानद्वारा साउदी अरब, कुबेत र कतारको उडान रोक्ने घोषणा

लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी रूप लिँदै गएपछि लेवनानले यो निर्णय लिएको यहाँको टेलिभिजन च्यानल एलबीसीआईले कम्पनीका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । उक्त विमान कम्पनीले उडान रोक्ने निर्णय हुनुभन्दा पहिले नै बेचिएका…