ठूला सुविधासम्पन्न होटल नहुँदा वीरेन्द्रनगरमा हुने अधिकांश कार्यक्रम नेपालगञ्जमै आयोजना गरिन्थे । व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यवसायी डराउनुपर्ने अवस्था थियो । जब मुलुक प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसाय क्षेत्रले एकाएक फड्को मार्न थाल्यो । सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटल…