दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ। देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उनीमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोप उनीमाथि लागेको छ । राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित भएका थिए । उनी सन् १९९९…