नाडाद्धारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग

नाडा अटोमोबाइल्स एशोसिएसनले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्राविधिक उपकरणहरु सहयोग स्वरुप उपलब्ध गराएको छ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफीक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससंग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरिएको नाडाले जनाएको छ । त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ…