चिनियाँ कम्पनी विश्वव्यापी रुपमा बजार विस्तार गरेपछि अमेरिका, बेलायत र युरोपियन युनियन लगायतका विभिन्न देशहरुका औद्योगीक उत्पादन प्रतिस्पर्धामा पछि पर्ने जोखिम बढेको छ । चीनियाँ उत्पादनको लागयत न्यून भएसंगै ती मुलुकका उद्योगधन्दाहरु समस्या पर्ने जोखिम बढेको हो । चीनमा उत्पादित सामाग्रीको मूल्य पश्चिमा देशहरुमा उत्पादित सामाग्रीको तुलनामा कम हुने भएकाले विश्वबजारमा माग बढी छ ।…