उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउन अनुमति दिएको छ। जसमा खाद्यान्न उत्पादन गर्नेदेखि अन्य अत्यावश्यक वस्तु उत्पादन र निर्माण सामाग्री उत्पादन गर्ने सहित ४२ प्रकारका उद्योग रहेका छन्। उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको…