सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका थिए । केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्याएको समाजसेवी राजकिशोर मेहताले बताए । प्रतिबिघा ४० हजार लगानी गरेर खेती गर्नु आमकिसानका लागि समान्य कुरा…