कृषिप्रधान मुलुकमा धान–चामलमा समेत परनिर्भरता बढ्दै, १० महिना ३५ अर्ब बढीको धान चामल आयात

काठमाडौँ । कृषिप्रधान मुलुक भनिने नेपालमा धान–चामलमा परनिर्भरता अझै घट्न सकेको छैन । चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा मात्रै नेपालले ३५ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको धान–चामल आयात गरेको छ । यो अवधिमा ६ लाख ७९ हजार मेट्रिक टन धान चामल आयात भएको हो । भन्सार विभागको तथ्यांक हेर्दा कुल अन्न आयातको करिब…