नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार पछिल्लो एक महिनामा ६ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । वैशाख मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण…