इन्टरनेटको गुणस्तर बढाउन जेडटिइसँग क्लासिक टेकको साझेदारी

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो भरपर्दो र उच्च गुणस्तरीय नेटवर्किङ कम्पोनेन्टहरूका लागि परिचित अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनी जेडटिइ कर्पोरेशनसँग साझेदारी घोषणा गरेको छ। यो साझेदारीले इन्टरनेट सेवाको क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा हुने कम्पनीले जनाएको छ। कम्पनीले आफ्नो नेटवर्क पूर्वाधार विस्तार गर्न जेडटिइसँग हात मिलाएको हो। कम्पनीले आफ्ना ग्राहकहरूलाई अतुलनीय इन्टरनेट अनुभव प्रदान गर्न जेडटिइका अत्याधुनिक…