नेपालमै पहिलो पटक क्यूआर अन्तरसञ्चालन सुरु भएको छ । नेपाल पे क्यूआर र स्मार्टक्यूआरबीच अन्तरसञ्चालनका लागि काठमाडौं आयोजित एक कार्यक्रमबीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) ले सम्झौता गरेको हो । योसँगै अब नेपाल पेका प्रयोगकर्ताले स्मार्टक्यूआर प्रयोग गर्न पाउनेछन् भने स्मार्टक्यूआरका प्रयोगकर्ताले नेपाल पे क्यूआर मार्फत पनि भुक्तानी गर्न सक्नेछन्…