पचास करोड लगानी गरी बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत व्यावसायिक कृषिमा

आन्तरिक हवाई उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर सञ्चालन गरिरहेका वीरेन्द्रबहादुर बस्नेतले कृषिमा पनि लगानी विस्तार गरेका छन। निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्ने उद्देश्यले बस्नेतले ‘आरजु राइस मिल’मार्फत विभिन्न दुई ब्रान्डका चामल उपभोक्तामाझ ल्याएका छन । “कृषिलाई प्रविधिसँग जोडेर किसानलाई यसतर्फ आकर्षण गर्ने लक्ष्यसहित गुणस्तरीय, सस्तो र स्वादिलो चामल ल्याएका छौँ”, उनले भने, “तत्काल…