सनराइज बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता

सनराइज बैंकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार अब सनराइज बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । यससम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रवीनकुमार नेपाल र हस्पिटलकातर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय…