सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकले विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन। उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पु¥याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस…