नेपाल टेलिकमले ल्यायो विश्वकप फुटबल प्याकेज

नेपाल टेलिकमले एनटिटिभी ग्राहकका लागि विश्वकप फुटबल प्याकेज ल्याएको छ। मंसिर ४ गते देखि हुने विश्वकप हेर्न आफ्ना ग्राहकका लागि प्याकेज उपलब्ध गराउन लागेको टेलकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। अहिले विश्वकप हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपैयाँ छ। एनटिटिभीका ग्राहकले कम्पनीको ग्राहक सेवा केन्द्रमा नगएर घरबाटै उक्त प्याकेज खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।…