सांग्रिला डेभलपमेन्ट बैंकले दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।…