प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ। उसले चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लैजान खोजिरहेको छ। एपलले आफ्ना अधिकांश फोन चीनमा उत्पादन गर्छ। तर संयुक्त राज्य अमेरिका र बेइजिङबीच तनाव बढेकाले उक्त कम्पनीले केही उत्पादन चीनबाहिर गर्न थालेको छ। चीनमा लागु गरिएको 'शून्य कोभिड' नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार…