नेपाल अमेरिका हवाई सेवा सम्झौताको अन्तिम तयारी, सीधा उडान कहिले ?

नेपालसँग प्रत्यक्ष हवाई उडानका लागि बाटो खोल्ने एउटा सम्झौताको मस्यौदा संयुक्त राज्य अमेरिकाबाट प्राप्त भएको र त्यसबारे दुवै देशले छलफल गर्न लागेको नेपाली अधिकारीहरूले बताएका छन्। द्विपक्षीय हवाई सेवा सम्झौताको सो मस्यौदामा नेपाल र अमेरिकाबीच सहमति कायम भएपछि त्यसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी कार्यान्वयनमा ल्याइने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताए। अमेरिकी नागरिक उड्डयनको नियामक निकाय…