सांग्रिला डेभलपमेन्ट बैंकले पनि केन्द्रीय कार्यालयको शौचालयलाई सार्वजनिक बनाउने

सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारस्थित केन्द्रीय कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक शौचालय बनाउने भएको छ । काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले यस्तो निर्णय गरिएको बैंकले जनाएको छ । महानगरपालिका कार्यालयसँग समन्वय गरी बैंकले…