महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम गुल्मीको रेसुङ्गामा

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम सम्पन्न गरेको छ। चैत्र २० गते सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो। शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले युवाहरुमा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताए ।…