काठमाण्डौं महानगरपालिकाको कर कनेक्ट आईपिएस मार्फत गर्न सकिने

स्थानिय सरकारको कर भुक्तानी समेत अनलाईनबाटै गराउने गरी काठमाण्डौं महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपिएस मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । यस सुविधाको लागी काठमाण्डौं महानगरपालिकालाई कनेक्ट आईपिएसमा नबिल बैंक मार्फत आबद्ध गराइएको हो । यस सुविधा सँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर,…