नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ । आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईमार्फत सरकारलाई हस्तान्तरण गरिएको हो । आइक्यान परिषद्को गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा उक्त सहयोग गर्ने निर्णय…