ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गरेका छन् । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गरेका हुन् । शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि रसियाका राजदूत एलेक्सिइ ए नोभिकोभलाई मन्त्री पुनले…