विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु, पाँच वर्षमा १४ अर्ब खर्च गरिने

विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । यो कार्यक्रमको लागि विश्व बैंकले १०३.८४ मिलियन डलर अर्थात झण्डै १४ अर्ब रुपैयाँ सहयोग गर्नेछ । पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रुपमा उपलब्ध हुने जनाइएको छ…