विश्व लगानीकर्ताको हाजिरी जवाफमा काठमाण्डौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट प्रथम

धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्थाको आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता–२०२३ आयोजना गरेको छ । असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा ‘लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम’ सञ्चालन गर्ने उद्देश्य बमोजिम…