मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

काठमाडौँ । जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले ४ करोड ४६ लाख रुपैयाँमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो । उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न…